९ कार्तिक २०८३, आइतबार

टुकुचामाथि निर्माण गरिएका संरचना नभत्काउन उच्च अदालतको आदेश

  • २ असोज २०७९, आइतबार
Image

 काठमाडौं- उच्च अदालत पाटनले टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ।

अदालतका रजिस्ट्रार ठगिन्द्र कट्टेलका अनुसार आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले उक्त स्थानमा बनेका घरहरू कानुनी रित नपुर्‍याइ र उचित क्षतिपूर्ति नदिइ नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको हो।

प्रेसिडेण्ट ट्राभल्स एण्ड टुर्स प्रालिका तर्फबाट अधिकार प्राप्त भोला विक्रम थापा समेतले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालतले घरहरु नभत्काउन भनेको हो।

अदालतले उक्त सन्दर्भमा विपक्षी (काठमाडौं महानगरपालिका)लाई समेत बोलाएर छलफलका लागि असोज ५ गतेको पेसी तोकेको छ। साउन १२ गते काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाएका संरचना हटाउनु भन्दै सार्वजनिक सूचना जारी गरेको थियो।

महानगरले उक्त सूचना जारी गरेको लामो समयसम्म पनि कसैले नहटाएपछि महानगर आफैं टुकुचाको खोजीमा जुटेको थियो। यसै क्रममा महानगरले खोलामाथि घर बनाएको भन्दै जय नेपाल हलको कम्पाउण्डमा खन्दा टुकुचा  भेटिएको थियो।


प्रतिक्रिया

सम्बन्धित खवर