९ कार्तिक २०८३, आइतबार

केन्याले दियो नेपाललाई २५६ रनको लक्ष्य

  • २० भदौ २०७९, सोमबार
Image

काठमाडौं- तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा घरेलु टोली केन्याले नेपाललाई जितका लागि २५६ रनको लक्ष्य दिएको छ।

केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५५ रनको योगफल बनायो ।

केन्याका लागि कोलिन्स अबुयाले ८४ रनको अर्धशतकीय इनिङ खेले। उनले १११ बलमा सात चौका र दुई छक्काको मद्दतमा सो रन बनाएका हुन्।

यस्तै लुकास एनडानडासनले अविजित रहदै ५९ रनको योगदान दिए भने सुखदिप सिंहले ३७ रन बनाए। इमानुएल बुन्डीले २३ रन बनाउँदा कप्तान शेम एनगोचेले १७ रन जोडे।

बलिङमा नेपालका सोमपाल कामी र आदील अन्सारीले समान दुई/दुई विकेट लिए भने बसिर अहमद र शाहब आलमले एक/एक विकेट लिए । तीन खेलको सिरिजमा नेपाल २–० ले अघि रहेको छ।

एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो एकदिवसीय खेलमा १७ रनले विजयी भएको थियो।

यसअघि केन्या विरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले ३–२ ले जितेको थियो। नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर