८ कार्तिक २०८३, शनिबार

माओवादीमा विद्रोह गरेर हेमराज धनकुटाबाट स्वतन्त्र उठ्ने

  • ९ असोज २०७९, आइतबार
Image

काठमाडौं- माओवादी केन्द्र धनकुटाको सिंगो जिल्ला समन्वय समितिले सामूहिक राजीनामा दिएको छ। केन्द्रमा आबद्ध सबै पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्य, जनवर्गीय कमिटीसहित समन्वय समितिमा रहेकाहरूले ८ असोजमा बैठक बसी पदीय जिम्मेवारीबाट राजीनामा दिएका हुन्। 

आगामी ४ मंसिरमा हुने संघ तथा प्रदेश निर्वाचनमा गठबन्धनका बहानामा पार्टीका कटिबद्ध नेतालाई बहिष्कार गर्न खोजेको भन्दै उनीहरूले राजीनामा दिएका हुन्। गठबन्धनबाट धनकुटा माओवादीको भागमा नपरेपछि सामूहिक राजीनामा दिनुपरेको माओवादी नेताहरुले बताएका छन्। 

धनकुटामा नेपाली कांग्रेस र जनता समाजवादीले समेत दाबी गरेका छन्। साथै आसन्न प्रतिनिधिसभाको निर्वाचनमा धनकुटामा माओवादीका पोलिटब्युरो सदस्य हेमराज भण्डारीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। उनको अभियानलाई धनकुटाको सिंगो कमिटीले साथ दिने भएको छ। 

भण्डारीले आइतबार धनकुटामा आयोजित पत्रकार सम्मेलनमा पार्टीले टिकट नदिने पक्काजस्तै भएको भन्दै स्वतन्त्र उम्मेदवारी दिने बताए।

भण्डारीको नेत्वमा चल्ने स्वतन्त्र अभियानलाई सहयोग गरि निर्वाचनमा सहभागी हुने निर्णय पनि नेता कार्यकर्ताहरुले गरेका छन्। 

 

प्रतिक्रिया

सम्बन्धित खवर