काठमाडौं- नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनको बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने बैठकमा शीर्ष नेताहरुबीच छलफल हुने जनाइएको छ।
बैठकमा आगामी मंसिरमा हुने निर्वाचनका लागि गठबन्धनकै विभिन्न दलबाट बागी उम्मेदवारी दर्ता भएको विषय र जसपाले गठबन्धन छाडेकोले सो विषयमा छलफल गरिने स्रोतले जनाएको छ।
जसपाले सत्ता गठबन्धनबाट बाहिरिए पनि सरकारमा आफ्ना मन्त्री भने कायमै राखेको छ। अब ती मन्त्रीलाई हटाउने विषयमा पनि छलफल केन्द्रित हुने बताइएको छ।
त्यसैगरी आगामी मंसिरमा हुने निर्वाचनका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि पनि आवश्यक रणनीतिबारे छलफल हुने बताइएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation