९ कार्तिक २०८३, आइतबार

कालीकोटमा माओवादीका महेन्द्रबहादुर शाही विजयी

  • ९ मंसिर २०७९, शुक्रबार
Image

कालीकोट- कालीकोटमा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर शाही विजयी भएका छन्। उनले नेकपा (एमाले) का नगेन्द्र शाहीलाई छ हजार बढी मतान्तरले पराजित गरेका हुन्।

कालीकोटमा खसेको कुल ४६ हजार छ सय ६९ मतमध्ये माओवादी केन्द्रका उम्मेदवार महेन्द्रबहादुरले २३ हजार ८७ मत प्राप्त गरे। उनका निकटम् प्रतिद्वन्द्वी एमालेका नगेन्द्रले १६ हजार २३० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

त्यस्तै राप्रपाका धनबहादुर बुढाले एक हजार ५६३, नेमकिपाका खड्गराज शाहीले एक हजार ८९, नेपाली कांग्रेस (विपी) का पङ्खबहादुर विष्टले एक सय ४० तथा स्वतन्त्रद्वय काशीचन्द्र बरालले आठ सय ९३ र धनप्रसाद पाण्डेले ७९ मत ल्याएको मुख्य निर्वाचन अधिकतृ भरत लम्सालले जानकारी दिए। कालीकोटमा दुई हजार ४१ मत बदर भएको थियो। 

प्रतिक्रिया

सम्बन्धित खवर