काठमाडौं- नेकपा एमालेले सुदूरपश्चिमका ३ प्रभावशाली नेताहरुलाई पार्टीबाट निष्कासन गरेको छ। यसको धक्का नेकपा एमालेलाई आगामी चुनावमा लाग्ने भएको छ।
सुदूरपश्चिमका जिल्लाका ३ नेताहरुलाई एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले बुधबार उनीहरुमाथि कारबाही गरेको हो।
एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै प्रदेश कमिटीका सदस्यहरु जयराज पाण्डये (कञ्चनपुर), प्रेम शाह (डोटी) र यज्ञराज बास्तोला (कैलाली) लाई पार्टीबाटै निकालिएको हो। उनीहरुलाई पार्टीको विधानको धारा ८१ (१) बमोजिम साधारण सदस्यसमेत नरहने गरि निष्कासन गरिएको हो।
उनीहरुले आसन्न संसदीय निर्वाचनमा पार्टीको आधिकारीक उम्मेदवारविरुद्ध गतिविधि गरेको एमालेको ठहर छ। एमाले सुदूरपश्चिमले पार्टी विधानको धारा ८० (६) बमोजिमको गम्भीर अनुशासन उल्लंघन गरेको भन्दै उनीहरुमाथि कारबाही गरिएको जनाएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation