काठमाडौं- आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभाको उम्मेदवार रहेका प्रदीप पौडेलले आफ्नो चुनावी अभियानलाई जारी राखेका छन्।
सत्ता गठबन्धनका सशक्त उम्मेदवार नेपाली कांग्रेसका पौडेललाई वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा भोला रिजालले शुभकामना दिएका छन्।
अभियानका क्रममा बुधबार बिहान रिजाल निवास पुगेका प्रदीपलाई अब युवाहरुले जित्ने पालो भएको भन्दै शुभकामना दिएका हुन्। उनले प्रदीप पौडेल शान्त र हँसमुख नेता भएको उल्लेख गर्दै यस्ता व्यक्ति जीवनमा कहिल्यै पछि नपर्ने पनि बताए।
‘जसको हाँसो उज्यालो छ नि, त्यो जीवनमा कहिल्यै पनि पछि पर्दैन। यसलाई सधैँ कायम राख्नू’, पौडेललाई शुभकामना दिँदै रिजालले भने। उनले कवितात्मक शैलीमा पौडेललाई थप भने, ‘अन्धकार पन्छाएर छरिदेउ उज्यालो। जागे युवा जाग अब उठ्ने तिम्रो पालो।’
पौडेलले चक्रपथमा रिजालसँग भेट गर्नुअघि आफ्नो निर्वाचन क्षेत्रका विभिन्न व्यक्तिहरुसाग पनि भेटेर छलफलका साथै आफ्नो भिजन र प्रतिबद्धता सुनाइसकेका छन्।
पौडेलले आफ्नो चुनावी नारा पनि सार्वजनिक गरिसकेका छन्। पौडेलले ‘रुपान्तरणको आधार सुशासन र सदाचार अहँ ! भ्रष्ट्राचार’ नामको नारा सार्वजनिक गरेका हुन्।
पौडेलले निर्वाचन अभियानमा भ्रष्टाार नियन्त्रणलाई मुख्य प्राथमिकता बनाएका छन्। सार्वजनिक नाराको अन्त्यमा ‘डिस्लाईक’ चिन्ह प्रयोग गरिएको छ। डिसलाइक चिन्हको अर्थ भ्रष्टाचारुलाई डिसलाइक भन्ने रहेको उनको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार भ्रष्टाचार गर्ने व्यक्तिलाई समाजले मन नपराउने र अहिले सामाजिक सञ्जालको दुनियामा इमोजीको प्रयोग बढी हुने हुँदा सामाजिक सञ्जालकै भाषामा डिसलाइक ईमोजी प्रयोग गरिएको हो।
पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि राज्यको कार्यकारी भूमिकामा रहेकाहरुको अख्तियारले सम्पत्ति छानविन गर्न पाउनुपर्ने समेत बताँउदै आएका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation