काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले सिक्टा र बबई सिँचाई आयोजनामा भेरी नदीको पानी समिश्रण गरेरमात्र बाँके र बर्दियालाई मुलुककै अन्न भण्डारका रुपमा पुनर्स्थापित गर्न सकिने बताएका छन्।
बाँके क्षेत्र नम्बर ३ अन्तर्गत् खजुरा गाउँपालिका– ५ र ६ मा आज आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहमहामन्त्री राठौरले विगतमा अन्न भण्डारका रुपमा रहेको वर्दियाको राजापुर र बाँकेको खजुरा क्षेत्रलाई मल, बीउ र सिंचाईको यथेष्ट व्यवस्था गरी पूर्ववत् अवस्थामा पुर्याउने आफ्नो योजना रहेको बताए।
उनले हालको राजनीतिक कोर्स २०४६ सालको जनआन्दोलनको अभिभारा भएकाले राजनीतिक लोकतान्त्रिकरण मार्फत् समाज रुपान्तरण गर्नु पर्ने र त्यो नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रसहित वर्तमान गठवन्धनबाटमात्र सम्भव भएको बताए।
महामन्त्री राठौरले नेपाली कांग्रेस ऐतिहासिक एवं विचारप्रधान पार्टी भएको र पार्टी जीवनको अगाडी व्यक्ति गौण हुने भएकाले आगामी निर्वाचनमा पार्टीलाई जिताउने गरी लाग्न नेता, कार्यकर्तालाई आग्रह पनि गरे।
उनले काँग्रेसले जातजाति,धर्म लिङ्ग, वर्ग समुदाय हरेक हिसाबले समावेशी हुने गरी बाँकेमा उम्मेदवारी दिएको पनि बताए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation