९ कार्तिक २०८३, आइतबार

अध्यादेशबारे शेखरले भने- आफूलाई सहज हुने गरी कानुन बंग्याउने छुट कसैलाई छैन

  • २६ मंसिर २०७९, सोमबार
Image

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले रेशम चौधरीलाई जेलबाट छुटाउने गरी सरकारले ल्याएको अध्यादेशको विरोध गरेका छन्।

नेता कोइरालाले अध्यादेशमार्फत् कानुन संशोधन गरेर अदालतले दोषी ठहर्‍याएका व्यक्तिलाई माफी दिने प्रयास गरिनु कानुनी शासनको उपहास भएको टिप्पणी गरेका हुन्।

सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आफू अनुकुलको राजनीतिक सहजताको लागि कानुनलाई बङ्ग्याउने छुट कसैलाई नभएको समेत बताए।

आइतबारको मन्त्रिपरिषद् बैठकले विभिन्न कसुरमा जेलमा रहेका राजनीतिक समूहका नेता कार्यकर्ता छुटाउने गरी मुलुकी फौजदारी संहितामा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो। सरकारको सो निर्णयको सत्तारुढ दलकै नेताहरुले विरोध जनाएका हुन्।

'अध्यादेश मार्फत कानुन संशोधन गरि अदालतले दोषी ठहर्‍याएकालाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु हो,' नेता कोइरालाले भनेका छन्, 'आफू अनुकुलको राजनीतिक सहजताको लागि कानुनलाई बङ्ग्याउने छुट कसैलाई छैन। भोलि यसले गलत नजिर बस्न जान्छ।'

यसअघि कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि उक्त अध्यादेशको विरोध गर्दै फिर्ता लिनुपर्ने बताएका थिए।


प्रतिक्रिया

सम्बन्धित खवर