९ कार्तिक २०८३, आइतबार

आज तरुण दलको स्थापना दिवसमा अध्यक्ष विद्वान गुरुङको शुभकामना

  • १० कार्तिक २०७९, बिहिबार
Image

काठमाडौं- नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल तरुण दलले विभिन्‍न कार्यक्रम गरी आज ६९ औं स्थापना दिवस मनाइरहेको छ। नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले बिहीबार एक विज्ञप्ति जारी गर्दै स्थापना दिवसको शुभकामना दिएका छन्। 

उनले विज्ञप्तिमा भनिएको छ, 'राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्शबाट दिक्षित लोकतन्त्रवादी नेपाली तरुणहरुको गौरवशाली संस्था नेपाल तरुण दल आज आफ्नो स्थापनाको ६८ वर्ष पूरा गरी ६९ वर्षमा प्रवेश गरेको छ।'

लोकतन्त्रको उर्वर जगमा समतामूलक समाजको स्थापनाका लागि नेपाल तरुण दल अघि बढिरहेको पनि अध्यक्ष गुरुङले बताएका छन्। उनले थप भनेका छन्, 'प्रजातान्त्रिक समाजवादको बाटोबाट नेपाली समाजलाई सम्पन्न बनाउन मूल उदेश्यका साथ महामानव विपी कोइरालाद्वारा २०१० साल कार्तिक १० गते स्थापना गरिएको नेपाल तरुण दल इतिहासको विभिन्न कालखण्डहरु पार गर्दै आज ६९ औँ स्थापना दिवस मनाउँदै गर्दा दलका लाखौँ सदस्य तरुणहरु हर्षउल्लासका साथ लोकतन्त्रको उर्वर जगमा समतामूलक समाजको स्थापनाका लागि हातेमालो गर्दै अगाडि बढिरहेको परिप्रेक्षमा सबै तरुण साथीहरुलाई केन्द्रीय समिति हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछ।'

 नेपाली काँग्रेसले देखाएको बाटोबाट आफुलाई कृयाशील गराउन र लोकतन्त्रको स्थायित्व र स्थिर सरकार निर्माण गरी राष्ट्रियताको जगेर्ना र समृद्ध राष्ट्र निर्माणका लागि योगदान पुर्‍याउन नेपाल तरुण दलले आह्वान गरेको छ। 

विज्ञप्तिमा भनिएको छ, 'राणा शासनको अन्त्यदेखि पञ्चायत र राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि बहादुरीका साथ लड्ने तरुण साथीहरुलाई वर्तमानको जटिल परिस्थितिलाई मध्यनजर गर्दै यही २०७९ साल मंसिर ४ गतेको संघीय संसद र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसले देखाएको बाटोबाट आफूलाई कृयाशील गराउन र लोकतन्त्रको स्थायित्व र स्थिर सरकार निर्माण गरी राष्ट्रियताको जगेर्ना र समृद्ध राष्ट्र निर्माणका लागि योगदान पुर्‍याउन नेपाल तरुण दल केन्द्रीय समिति हार्दिक आव्हान गर्दछ।'

प्रतिक्रिया

सम्बन्धित खवर