९ कार्तिक २०८३, आइतबार

भारतमा छठ पूजाका क्रममा पुल भत्किँदा १४१ जनाको मृत्यु

  • १४ कार्तिक २०७९, सोमबार
Image

काठमाडौं- भारतको गुजरातमा छठ पूजा गर्नेहरु जम्मा भएको समयमा पूल भत्किँदा १४१ जनाको मृत्यु भएको छ। पूल भत्किँदा त्यहाँ पाँच सयभन्दा बढी मानिस रहेको अनुमान गरिएको छ।

अहमदाबादबाट २०० किलोमिटर टाढा रहेको उक्त  झोलुङ्गे पुल आइतबार आज साँझ पौने ७ बजे छठ पूजाको सन्दर्भमा केही अनुष्ठान गर्न जम्मा भएका करिब ५०० मानिसहरु भेला भएका बेला भत्किएको थियो। मच्छु नदीमा बनाइएको सस्पेन्सन पूल अचानक भत्किएको थियो। आइतबार बिदाका कारण घुम्न जानेहरु पनि धेरै रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

पूल एक्कासी भत्किएपछि सेना, जलसेना, एयरफोर्स एनडीआरएफ, फायर ब्रिगेडलगायतको टोलीले उद्धार गरेको आजतकले जनाएको छ। अहिलेसम्म दुई सय बढीको उद्धार गरिएको छ।

ब्रिटिशकालीन उक्त पुल पुनःनिर्माणको एक सातापछि भत्किएको थियो। क्षमताभन्दा बढी मानिस रहेका कारण पुल भत्किएको प्रारम्भिक अनुमान गरिएको छ। यस विषयमा छानबिन गर्न विशेष टोली गठन गरिएको छ। 



प्रतिक्रिया

सम्बन्धित खवर