९ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगे ओली

  • १९ पुष २०७९, मङ्गलबार
Image

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो।

समसामयिक राजनीति, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारिता लगायतका विषयमा ओली र प्रचण्डबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सो क्रममा सरकारको न्युनतम साझा कार्यक्रमबारे पनि छलफल हुने बताइएको छ। न्युनतम् साझा कार्यक्रमका लागि सत्ता साझेदार दलहरुले आ–आफ्नो सुझाव दिइसकेका छन्। 


प्रतिक्रिया

सम्बन्धित खवर