८ कार्तिक २०८३, शनिबार

प्रचण्डले गोरखा–२ का लागि ल्याए ४५ रणनीतिक योजना

  • २० कार्तिक २०७९, आइतबार
Image

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाको विकासका लागि भन्दै रणनीतिक महत्वका ४५ योजना सार्वजनिक गरेका छन्।

गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका उम्मेदवार उनले गोरखाली जनताका लागि भन्दै रणनीतिक योजनासहित प्रतिवद्धतापत्र ल्याएका हुन्।

उनले सडक, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धन, कृषि, जडिबुटी, व्यावसायिक पशुपालन, सीपमुलक तालिम, साहित्य कला संस्कृतिको संरक्षण गर्ने भन्दै प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन्। उनले गोरखाबाटै आर्थिक विकास निर्माण र समृद्धिको सुरुवात गर्ने पनि तर्क गरेका छन्।

'नेपाली समाजलाई सामाजिक न्याय, समता र समृद्धिको नयाँ युगतर्फ लैजान परिवर्तनको नेतृत्व र जनसेवामा मेरो भूमिका र इतिहास यहाँहरुलाई विदितै छ', उनले भनेका छन्, 'नेपाली समाजमा क्रान्ति र शान्तिको नेतृत्व गर्दै नेपाली संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, संविधान निर्माण र त्यसको कार्यान्वयनसम्म मैले आफूलाई निरन्तर देश र जनताको पक्षमा उभ्याउँदै आएको तर सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माण गर्ने, जनजीविकाका समस्या समाधान गरेर जनतालाई नयाँ जीवन दिने सपना पूरा गर्न बाँकी नै छ।'


प्रतिक्रिया

सम्बन्धित खवर