९ कार्तिक २०८३, आइतबार

जंगली जनावरको आतंक नियन्त्रण गर्न पहल गर्छु : एनपी साउद

  • २४ कार्तिक २०७९, बिहिबार
Image

महेन्द्रनगर-  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव पूर्वमन्त्री एनपी साउदले जंगली जनावरको आतंक नियन्त्रण गर्न पहलकदमी लिने बताएका छन्।

कञ्चनपुर क्षेत्र नं २ प्रतिनिधि सभामा सत्तारुढ गठबन्धनको तर्फबाट साझा उम्मेदवार समेत रहेका साउदले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज वरपरका बस्तीमा जङ्गल जनावरले दुख दिने गरेकोले आफू निर्वाचित भएर गएपछि समस्या समाधानका लागि लाग्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

‘आरक्ष वरपरका बासिन्दालाई जनावरको डर छ, बिजुली तारबारले आरक्षलाई बस्तीबाट फरक गर्नुपर्छ, त्यसले मात्रै बस्तीका मानिस सुरक्षित हुनसक्छन्,’ उनले भने, ‘यो काम गर्ने बचनवद्धता व्यक्त गर्दछु।’

यस्तै उनले कुलतमा फसेका युवायुवतीलाई सुधार गर्न सरकारी लगानीमा सुधार केन्द्र स्थापना गर्ने समेत प्रतिबद्धता जनाएका छन्। 


प्रतिक्रिया

सम्बन्धित खवर