काठमाडौं- पश्चिम नेपालमा फेरि शक्तिशाली भूकम्प गएको छ। भूकम्प मापन केन्द्रका लोकविजय अधिकारीका अनुसार शनिबार राति ८ बजेर १२ मिनेट जाँदा ५.४ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको केन्द्रविन्दु बझाङ पातादेवल रहेको थियो। कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो।
यसअघि कात्तिक २३ गते डोटी केन्द्रबिन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो भने त्यसयता निरन्तर पराकम्पहरु गइरहेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation