काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आज जारी मतदानमा १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ। निर्वाचन आयोगले मतदान रोकिएका स्थानमा मतदान सुरु गर्ने प्रयास भइरहेको बताएको छ।
“प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ”, आयोगले भनेको छ, “अपरान्ह ३ः ३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ। यी रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुचारु गर्न प्रयास भइरहेको छ।”
© Lok Kalam . Designed and Developed by Goldenmud Creation