तनहुँ- तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल पछि परेका छन्। नेकपा एमालेका उम्मेदवार एकबहादुर रानासँग पौडेल १३२ मतान्तरले पछि पारेका हुन्।
९ हजार ७५६ मत गणना हुँदा रानाले ३ हजार ३४२ र कांग्रेस नेता पौडेलले ३ हजार २१० मत पाएका छन्। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले १ हजार २९० र राप्रपाका विनोद कुमार घर्तीले ५२२ मत पाएका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation