९ कार्तिक २०८३, आइतबार

मधेस राजनीतिबाट उपेन्द्र यादव बहिष्कृत

  • ११ मंसिर २०७९, आइतबार
Image

काठमाडौं-  मधेसमा पहिलो आन्दोलन सुरु भएको आज १६ वर्ष पूरा हुँदैछ। ०६३ साल माघ ५ बाट सुरु भएर १९ दिनसम्म चलेको मधेस आन्दोलन ०६४ सालमा पनि भयो। तीन मधेसी दलले नेतृत्व गरेको यो आन्दोलनमा पनि धेरैले ज्यान गुमाए।

सप्तरीको भारदहबाट प्रारम्भ भएको तेस्रो मधेस आन्दोलन ०७२ ले राजीब राउतसहित ६० जनाभन्दा बढीको ज्यान लियो। ३० असारदेखि २० माघ ०७२ सम्म चलेको यो आन्दोलनका क्रममा धेरै अंगभंग भए।

पहिलो मधेश आन्दोलन सकिएलगत्तै मधेसी जनअधिकार फोरम नेपाल दलको रुपमा बाहिर आयो। त्यसको नेतृत्व उपेन्द्र यादवले गरे भने कांग्रेसबाट अलग भएर महन्थ ठाकुरले तराई मधेस लोकतान्त्रिक पार्टी र राजेन्द्र महतोले तराई मधेस सदभावना पार्टीको नेतृत्व गरे। 

अहिले मधेश आन्दोलनको नेतृत्व गर्ने नेता उपेन्द्रलाई मधेशी जनताले अस्वीकृत गरिदिएका छन्। मंसिर ४ गते सम्पन्‍न निर्वाचनमा प्रतिनिधि सभातर्फ उम्मेदवार बनेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पराजित भएका छन्। 

सप्तरी–२ मा राउतले ३५ हजार ४२ र यादवले १६ हजार ९ सय ७९ मत ल्याएका छन्। मधेस आन्दोलनबाट उदाएका यादव पृथकतावादी राजनीति छोडेर शान्तिपूर्ण राजनीतिमा आएका राउतसँग पराजित भए। 

यादव पराजयको मुख्य कारणको रुपमा उनले मधेसका जनताका लागि भन्दा पनि सत्तामा रहिरहनका लागि चिनियाँ एजेन्टको रुपमा काम गरेको र मधेसी जनताको अधिकार प्राप्तिका काम नगरेको आरोप रहेको छ। त्यसैगरी लाखौं नागरिकताविहीन नेपालीहरुलाई नागरिकता उपलब्ध गराउने सरकारको योजनाको यादवले चर्को विरोध गरे। उनका लागि त्यो पनि निकै ठूलो घाटाको विषय बन्‍यो। 

मधेसमा भारतविरोधी नारा लगाउने, नेपाल-भारत सम्बन्धको विरोध गर्ने यादवलाई मधेसी जनताले अस्वीकृत गरेसँगै अब उनको राजनीति संकटमा परेको छ। जातियता भड्काउने र मधेसी जनतामा भ्रम फैलाउने यादवको पराजयलाई मधेसी जनताले उत्सवको रुपमा मनाइरहेका छन्। 

अर्को भनेको विगत डेढ वर्षदेखि नेकपा एमालेको चर्को आलोचना गर्दै सत्ताको लाभ लिएका यादव चुनावको मुखमा भने आफैंले आलोचना गरेका ओलीसँग मिल्न बाध्य भए। जसलाई मधेसी जनताले मन पराएनन्। उनको द्वेध चरित्रलाई मधेसी जनताले अस्वीकार गरिदिएका छन्। 

चिनियाँ दबाबमा सत्ता गठबन्धनको साथ छोडेर एमालेसँग मिलेका उनी आफू मात्रै हारेनन् कि पार्टीलाई धराशयी हुने स्थितिमा पुर्‍याएका छन्। उनले एमालेबाट बढी सिट पाउने आशामा तालमेल गरेको भए पनि अन्तत: पार्टी नै संकटमा पारेका छन्। 

मधेस विरोधी शक्तिसँग तालमेल, मधेसको मतलाई सत्ता तथा आफ्नो राजनीतिक स्वार्थमामात्रै उपयोग गरेका यादव सप्तरी २ कमजोर देखिएपछि उनलाई जिताउन चिनियाँ प्रतिनिधिहरु सप्तरीमै पुगेका थिए। चिनियाँ प्रतिनिधिहरुले उक्त क्षेत्रमा मुभमेन्ट गरेको बताए पनि मधेसी जनताले भने उपेन्द्र यादव र उनको प्रवृतिलाई बहिष्कार गरेका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर