काठमाडौं- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
भेटमा दुवै नेता प्रतिनिसभा सदस्यमा निर्वाचित भएकोमा एक अर्कालाई बधाई दिएका छन्। दुई नेताबीच संसदीय निर्वाचनको समीक्षासमेत भएको थियो।
उपसभापति खड्काको सचिवालयका अनुसार दुई नेताबीच वर्तमान सत्ता गठबन्धनलाई नयाँ सरकार बनाउन पनि निरन्तरता दिने र अरु दलहरूलाई पनि गठबन्धनमा सहभागी गराउन पहल गर्ने छलफल भएको छ।
गठबन्धनको सरकार बनाउने विषयमा अध्यक्ष नेपालसँग सकारात्मक छलफल भएको उपसभापति खड्काको निजी सचिवालयले जानकारी दिएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation