८ कार्तिक २०८३, शनिबार

माधव नेपाल भेट्न कोटेश्वर निवास पुगे घनश्याम भूसाल

  • १८ मंसिर २०७९, आइतबार
Image

काठमाडौं- प्रतिनिधिसभाको टिकट नपाएपछि नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले आइतवार एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन्। 

नेकपा एमाले त्याग्दै रुपन्देही क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिएर पराजित नेता भुसाल अध्यक्ष नेपाललाई बधाई दिन आइतबार कोटेश्वर पुगेका हुन्। 

कांग्रेस र माओवादीको साथ मिल्दा पनि भुसाल रुपन्देही १ मा पराजित भएका थिए। संसदीय निर्वाचनमा पराजित भएपछिको गन्तव्यबारे प्रश्न उठिरहेका बेला भुसालले बधाई दिन भन्दै नेपाललाई भेटेका हुन्। 

तत्कालीन एमालेमा तीव्र मतभेद हुँदा भुसाल पनि अध्यक्ष केपी शर्मा ओलीविरुद्धको मोर्चाका थिए। तर उनी नेपालले पार्टी फुटाएपछि त्यसमा असहमत हुँदै एमालेमै बसेका थिए।

तर मंसिर ४ को निर्वाचनमा रुपन्देही ३ मा भुसालको साटो एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरालाई सघाएको थियो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई टिकट नदिएपछि उनी पार्टी छाडेर रुपन्देही १ मा त्रिभुज चुनाव चिह्नसहित चुनावी मैदानमा थिए। तर, त्यहाँ उनलाई एमालेका छविलाल विश्वकर्माले पराजित गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर