इस्लामावाद- उत्तरपश्चिम पाकिस्तानको ओराकजाई जिल्लामा एउटा कोइला खानीमा कम्तीमा ९ कामदारको मृत्यु भएको सरकारी अधिकारीले बताएका छन्।
दुर्घटनाको समयमा खानीमा १३ जना कामदार थिए। नौ जनाको शव निकालिएको सो क्षेत्रका उपायुक्त अदनान फरीदले बताए। खानीभित्र केही मजदुर फसेको अनुमान गरिएको छ।
घटना लगत्तै उद्दारकर्मीको टोली उक्त क्षेत्रमा पुगेको थियो। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation