काठमाडौं- गायक राजेशपायल राईले नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई विश्वेश्वरप्रसाद कोइरालासँग तुलना गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले महामन्त्री शर्मामा विश्वेश्वरप्रसाद कोईरालाका अधिकांश गुणहरु भएको बताएका हुन्।
उनले कसैले उदाहरण दिँदा विश्वेश्वरप्रसाद कोईराला जस्तो होस् भन्ने गरेको भन्दै विश्वेश्वरप्रसाद कोईरालाको गुण आफूले विश्वप्रकाश शर्मामा पाएको बताए।
उनले भने, ‘नेपाली कांग्रेसमा हामीले जसरी कहिले काहीँ बिपी जस्तो भन्छौँ, मलाई लाग्छ त्यो नेतामा हुनुपर्ने गुण विश्वप्रकाशमा देखेको छु। जिल्लावासीले जिताइसकेपछि पनि मैले होइन, तपाईहरुको जित हो भन्ने व्यक्ति कहाँ पाइन्छ। नत्र जितेपछि मैले जितेँ भनेर घमण्ड देखाउँछन्। हामीले भ्रम पालेर बस्नु हुँदैन। हामीले आफूलाई राम्रो प्रमाणित गर्न सक्नुपर्छ।’
गायक राईले सबै मानिसले आफूमा भएको भ्रमलाई त्यागेर आफूलाई समाज र राष्ट्रको लागि राम्रो बनेर प्रमाणित गर्न सक्नुपर्ने बताए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation