८ कार्तिक २०८३, शनिबार

संसदीय दलको नेता छान्न कांग्रेसले बनायो आङ्दम्बेको संयोजकत्वमा निर्वाचन समिति

  • ३ पुष २०७९, आइतबार
Image

काठमाडौं- नेपाली कांग्रेसले पार्टी संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति बनाएको छ। आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री भीष्मराज आङ्दम्बेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको हो।

समितिको सदस्यमा पुष्पा भुसाल र प्रकाश स्नेही रहेका छन् । समितिले संसदीय दल चयनका लागि निर्वाचनको मिति तोक्ने छ। कांग्रेसमा संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने देखिएको छ।

संस्थापक पक्षबाट देउवा र इतर पक्षबाट कोइराला र थापा चुनावी प्रतिस्पर्धामा उत्रिने तयारीमा रहेका छन्। कांग्रेसका ८९ जना सांसदले स‌ंसदीय दलको नेता चयन गर्ने छन्। 


प्रतिक्रिया

सम्बन्धित खवर