काठमाडौं- नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन आज हुँदै छ। बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार परिसरमा हुने निर्वाचन समितिले जनाएको छ।
नेपाली कांग्रेस संसदीय दलका नेतामा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन्।
देउवाका प्रस्तावक नेता रामचन्द्र पौडेल र थापाका प्रस्तावक अर्का नेता डा. शेखर कोइराला छन्। डा. कोइरालाले संस्थापन इतर पक्षबाट दलका नेतामा दाबी गरे पनि अन्तिममा थापालाई छाडेका हुन्। दलका नेता चुनिन ४५ मत ल्याउनुपर्ने हुन्छ। कांग्रेसका सांसद ८९ जना छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation