८ कार्तिक २०८३, शनिबार

नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ आज

  • ११ पुष २०७९, सोमबार
Image

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । 

सोमबार अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा शपथको कार्यक्रम तय गरिएको राष्ट्रपतिका स्वकीयसचिव भेषराज अधिकारीले जानकारी दिए। राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथग्रहण गराउने छिन्। 

सात राजनीतिक दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थनसहित दाबी पेस गरेपछि आइतबार राष्ट्रपति भण्डारीले प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर