८ कार्तिक २०८३, शनिबार

कस्तो रहला आजको मौसम?

  • २१ पुष २०७९, बिहिबार
Image

काठमाडौं- देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले देशका पहाडी भूभागमा आंशिक बदली छ भने पश्चिमी र मध्य तराईमा कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।  प्रदेश १ को हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहनेछ। शुक्रबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने प्रक्षेपण गरिएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर