८ कार्तिक २०८३, शनिबार

शुक्लागण्डकीमा लागत साझेदारीमा सडक कालोपत्रे

  • २४ पुष २०७९, आइतबार
Image

दमौली- तनहुँको शुक्लागण्डकी नगरपालिका–८ घोर्मेस्थित नवीनटोल मार्गमा लागत साझेदारीमा सडक कालोपत्रे गरिएको छ। स्थानीयवासी र नगरपालिकाको लागत साझेदारीमा उक्त मोटरमार्ग कालोपत्र गरिएको हो।

आर्थिक वर्ष २०७८-७९ मा नगरस्तरीय साझेदारी योजनाअन्तर्गत शुक्लागण्डकी नगरपालिकाको ७० प्रतितश र स्थानीय उपभोक्ताको ३० प्रतिशत नगद योगदानबाट उपभोक्ता समितिमार्फत सडक कालोपत्रे सम्पन्न भएको उपभोक्ता समितिकी अध्यक्ष घनकुमारी आलेले बताइन्।

कुल ७० लाख तीन हजार तीन सय ५६ को लागतमा सम्पन्न सडक कालोपत्रे योजनामा नगरपालिकाबाट ४९ लाख र स्थानीय उपभोक्ताबाट २१ लाख तीन हजार तीन सय ५६ को साझेदारी गरेका छन्।

मोटरमार्गको एक किलोमिटर सडक कालोपत्रे भएपछि स्थानीयवासीलाई सहज भएको अध्यक्ष आलेले बताइन्। ‘सडक कालोपत्रे नहुँदा वर्षामा हिलो र हिउँदमा धुलोको समस्याबाट स्थानीयवासी पीडित थिए, सडक कालोपत्रे भएपछि स्थानीयवासीलाई राहत महसुस भयो’, उनले भनिन्।

प्रतिक्रिया

सम्बन्धित खवर