काठमाडौं- काठमाडौंका मेयर बालेन शाहविरुद्ध फिल्म हल सञ्चालकहरू उच्च अदालत पाटन पुगेका छन्। उनीहरूले आज उच्च अदालतमा रिट दायर गरेका छन्। काठमाडौं महानगरभित्र हिन्दी फिल्म प्रदर्शनमा रोक लगाएपछि हल सञ्चालकहरू रिट लिएर अदालत पुगेका हुन्।
दक्षिण भारतीय फिल्म आदिपुरुषको जानकीसम्बन्धी विवादित संवादको विषयलाई लिएर बालेनले काठमाडौं महानगरभित्र कुनै पनि हिन्दी फिल्म प्रदर्शन गर्न नपाइने भन्दै उर्दी जारी गरेका थिए । बालेनको उर्दीपछि महानगरका नगरप्रहरी फिल्म हलमा पुगेर हिन्दी फिल्म प्रदर्शनमा रोक लगाएका थिए।
हल सञ्चालकहरूले हिन्दी फिल्ममाथि रोक लगाउने बालेनको निर्णय कानुनविपरीत भएको भन्दै उच्च अदालतमा रिट दायर गरेका हुन्। उच्च अदालत पाटनकी प्रवक्ता मन्दिरा शाहीले रिट दर्ता भएको बताइन्। उनीहरुले काठमाडौंका हलमा हिन्दी चलचित्र सञ्चालन गर्न दिन अन्तरिम आदेश पनि माग गरेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation