८ कार्तिक २०८३, शनिबार

प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले लिए शपथ

  • २५ पुष २०७९, सोमबार
Image

विराटनगर- प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।

नवनियुक्त मुख्यमन्त्री कार्कीले सोमबार नै आफ्नो मन्त्रिपरिषदमा तीन सदस्य नियुक्त गरेका छन्। नवनियुक्त तीन मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्।

नवनियुक्त मन्त्रीहरुमा तिलकुमार मेयाङ्बो, भक्तिप्रसाद सिटौला र निर्मला लिम्बू छन्। उनीहरुलाई अहिले विभागीय जिम्मेवारी भने दिइएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर