८ कार्तिक २०८३, शनिबार

गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज नियुक्त

  • २५ पुष २०७९, सोमबार
Image

पोखरा- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलको नेता खगराज अधिकारी नियुक्त भएका छन्।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा दाबी पेस गरेका अधिकारीलाई सोमबार दिउँसो मुख्यमन्त्री नियुक्त गरेका हुन्।

एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र नेकपा एकीकृत समाजवादीका एक जना गरी ३३ जना सांसदको समर्थनमा अधिकारी मुख्यमन्त्री बनेका हुन्। उनको शपथ आजै साँझ साढे ४ बजे प्रदेश प्रमुखको निवासमा गर्ने तयारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर