८ कार्तिक २०८३, शनिबार

नेप्सेमा दोहोरो अंकको गिरावट, ३ अर्ब ८६ करोडको कारोबार

  • ९ माघ २०७९, सोमबार
Image

काठमाडौं- आज साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १३.७१ अंकको गिरावट आएको छ। कारोबार समयमा केही अंकले बढेको नेप्से परिसूचक अन्तिम समयमा दोहोरो अंकले घटेर बन्द भएको हो।

०.६३ प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक २१ सय ६५ अंकमा आइपुगेको छ। यसक्रममा आज १६६ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने जम्मा ४१ वटा कम्पनीको सेयर मूल्य बढेको छ। यस्तै ३ वटा कम्पनीको सेयर मूल्य स्थिर छ।

आज कारोबार भएका १३ समूहमध्ये २ वटा समूहमा मात्रै सुधार आएको छ । बैंक समूह १५.१६ अंकले र म्यूचुअल फण्ड समूह ०.१० अंकले बढ्नु बाहेक अन्य कुनै समूहमा सुधार देखिएन। आज विकास बैंक समूह ९१ अंकले घट्दा होटल र टुरिजम समूह ७९ अंकले घटेको छ।

यस्तै, जीवन बीमा समूह ८७ अंकले र उत्पादनमूलक समूह ७२ अंकले घटेको छ। यस्तै, निर्जीवन बीमा समूह १२३ अंकले घटेको छ भने अन्य समूह २३ अंकले घट्दा व्यापार समूहमा सामान्य अंकको गिरावट आएको छ।

नेप्से परिसूचक घटे पनि आज ५ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ। यस्तै, हिमालयन हाइड्रोपावरको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ।

आज कुमारी बैंकको सेयर सबैभन्दा धेरै कारोबार भएको छ। यस बैंकको सेयर २७ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।


प्रतिक्रिया

सम्बन्धित खवर