९ कार्तिक २०८३, आइतबार

'अब राजनीतिक क्रान्तिभन्दा पनि आर्थिक क्रान्ति'

  • १५ माघ २०७९, आइतबार
Image

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेसँगै मोडल तथा अभिनेत्री एलिजा धमलाले आफ्नो राजनीतिक यात्राको थालनी भएको बताएकी छन्। धमलाले आफू देश र जनताको सेवाको लागि राजनीतिमा आएको बताउँदै पार्टीको मूल उद्देश्य पुरा गर्नका लागि अहोरात्र खटिने प्रतिबद्धतासमेत व्यक्त गरेकी हुन्।

उनले भनेकी छन्, ‘समाज रूपान्तरणमा मेरो योगदान रहने विश्वास दिलाउन चाहन्छु। दिशाहीन तथा गतिहीन नेतृत्वका गलत आकांक्षा तथा गलत अभिप्रायका कारण नेपाली समाज तथा सामाजिक मान्यताहरू बन्धक रहँदै आउनुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी छ।’

धमलाले नयाँ पुस्तालाई राजनीतिक क्रान्ति भन्दा पनि आर्थिक क्रान्तिको जिम्मेवारी हस्तान्तरण गरेर दीर्घकालीन पथमा नेपाली समाजको प्रतिनिधित्व गर्ने आफूले परिकल्पना गरेको जिकिर गरेकी छन्। ‘हामी सामूहिक भावनाले अघि बढ्छौँ,’ उनले भनेकी छन्। चर्चित सञ्चारकर्मी ऋषि धमलाकी पत्नीसमेत रहेको उनले शनिबार एक कार्यक्रमबीच नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर