काठमाडौं- सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटि बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बस्ने पार्टी महासचिव देव गुरुङले जानकारी दिए।
आजको बैठकमा नेताको जिम्मेवारी बाँडफाँट टुंगो लगाउने पार्टीको तयारी छ। यसअघि मंगलबार बसेको पदाधिकारी बैठकले नेताको जिम्मेवारी बाँडफाँटको जिम्मा अध्यक्ष, उपाध्यक्षलाई दिने निर्णय गरेको थियो।
कार्यविभाजनसँगै बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ। राष्ट्रपति पदको निर्वाचन, गृह मन्त्रालयको नेतृत्वलगायत विषय सत्ता गठबन्धनमा देखिएको विवाद र समाधानका बारे पनि छलफल हुने नेताहरूले बताएका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation