९ कार्तिक २०८३, आइतबार

आज राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन दर्ता गरिँदै

  • २२ माघ २०७९, आइतबार
Image

काठमाडौं- राष्ट्रियसभा उपाध्यक्षका लागि आज आइतबार मनोनयन दर्ता गरिने भएको छ। संघीय संसद् सचिवालयले आइतबार दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि प्रस्ताव दर्ता गर्ने समय निर्धारण गरेको छ।

संघीय संसद्को ल्होत्से हलमा प्रस्ताव दर्ताका लागि स्थान तोकिएको संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माघ २३ गते सोमवार मध्यान्न १२ बजे उपाध्यक्षको चयनका लागि मिति निर्धारण गरेका थिए।

आइतबार ४ बजेसम्म प्रस्ताव दर्ता गर्ने र अपराह्न ४ : १५ बजे उम्मेदवारीको सूचना दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने कार्यक्रम तय भएको छ। राष्ट्रियसभा बैठकमा माघ २३ गते ‘उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी’ प्रस्तावक सदस्यले प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ। समर्थकले समर्थन गर्ने र उम्मेदवारीको प्रस्तावमा संक्षिप्त छलफल हुने र दर्ता क्रमअनुसार निर्णायार्थ पेश गरिनेछ।

तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि विगत एक वर्षदेखि राष्ट्रियसभाको उपाध्यक्षको पद रिक्त छ। राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले माघ १३ गतेको बैठकमा उपाध्यक्षको निर्वाचनको मिति तोकेका थिए।

मिति तोकेर सभाध्यक्षले निर्वाचन सम्बन्धी कार्यक्रमको सूचना प्रकाशन गर्न संघीय संसद्को महासचिवलाई निर्देशन दिएका थिए। निर्देशनअनुसार महासचिवले आइतबारका लागि उम्मेदवारी दर्ताको समय निर्धारण गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर