काठमाडौं- साफ यू-२० महिला च्याम्पियनशिप फूटबल अन्तर्गतको दोस्रो खेलमा नेपाल विजयी भएको छ। बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा आइतबार भएको खेलमा भुटानलाई ४–० गोल अन्तरले हराउँदै नेपाल विजयी भएको हो।
प्रतियोगितामा नेपालको यो पहिलो जीत हो । यसअघि भएको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो। नेपालको जीतमा अमिषा कार्कीले ‘ह्याट्रिक’ पूरा गरिन् भने कप्तान प्रिती राईले १ गोल थपिन्।
खेलको १९औं मिनेटमा अमिषाले गोल गर्दै नेपाललाई शुरूआती अग्रता दिलाइन्। खेलको पहिलो हाफको इन्जुरी समयमा अमिषाले व्यक्तिगत दोस्रो गोल गरिन्। त्यसपछि खेलको ६१औं मिनेटमा कप्तान प्रितीले गोल गर्दै नेपाल ३–० ले अघि रह्यो।
खेलको ६२औं मिनेटमा अमिषाले ह्याट्रिक पूरा गर्दा नेपाल ४–० ले विजयी भयो। प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भूटानको सहभागिता रहेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation