९ कार्तिक २०८३, आइतबार

उपसभामुख अर्यालले त्यागिन् पार्टीको आबद्धता

  • २५ माघ २०७९, बुधबार
Image

काठमाडौं- राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएपछि उर्मिला अर्यालले माओवादी पार्टीको पद तथा जिम्मेवारीबाट राजीनामा दिएकी छन्।

राष्ट्रिय सभाको उपाध्यक्ष पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन भन्दै नेत्री अर्यालले माओवादीको सम्पूर्ण जिम्मेवारी त्यागेकी हुन्।

अर्यालले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएकोले यस पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन म आबद्ध रहेको दल नेकपा माओवादी केन्द्रको पार्टी सदस्यता र सम्पूर्ण राजनीतिक सांगठनिक जिम्मेवजारीबाट अलग रहेको घोषणा गर्दछु।'

अर्याल यसअघि नेकपा माओवादी केन्द्रको स्थायी कमिटी सदस्यको रुपमा थिइन्। उनी गत सोमबार सत्ता गठबन्धन दलहरूको तर्फबाट राष्ट्रिय सभाको उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएकी हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर