८ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री प्रचण्डलाई इजिप्ट र नर्वेका राजदूतले भेटे

  • २९ माघ २०७९, आइतबार
Image

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि अरब गणतन्त्र इजिप्टका राजदूत नोहा हाम्दी अहमद इल्जेबालीले शिष्टाचार भेट गरेकी छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार राजदूत नोहाले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेकी हुन्। उनीहरूबीच दुई देशबीचको सम्बन्ध र बहुपक्षीय सहयोग आदानप्रदानबारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

त्यसैगरी प्रधानमन्त्री दाहालसँग नेपालका लागिका नर्वेका राजदूत टोरून ड्रमडालले शिष्टाचार भेट गरेका छन्। उनीहरूबीच आपसी हित बहुपक्षीय विकाससम्बन्धी सहयोग आदानप्रदानबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर