२०८० फागुन ०७ सोमबार
काठमाडौँ- ललितपुरको गोदावरीमा कांग्रेसको महासमिति बैठकलाई सम्बोधन गर्दै कांग्रेसका उपसभापति नेता धनराज गुरुङले कांग्रेसका वडाध्यक्षदेखि मन्त्री समेतको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्।
उपसभापति गुरुङले कांग्रेसका वडाध्यक्षदेखि मन्त्री समेतको सम्पत्ति छानबिन गर्ने हो भने,जनताको मन जित्न सकिने र आगामी चुनावमा कांग्रेस पहिलो पार्टी बन्न
सक्ने बताएका हुन्।
वडाध्यक्षदेखि मन्त्री समेतको सम्पत्ति छानबिन गर्ने प्रस्ताव यो महासमितिमार्फत पास गरौँ’, गुरुङले प्रस्ताव राखेका छन्। त्यस्तै उनले क्रोनी क्यापिटलिजमका कारण आर्थिक सुशासन कायम हुन नसकेको पनि बताए।
उपसभापति गुरुङले नेपाली राजनीतिमा देखिएको क्रोनी
क्यापिटलिजमको प्रभाव नेपाली कांग्रेसमा समेत पर्दा सही बाटो पहिल्याउन नसकेको हो
कि भन्ने आफूलाई लागेको बताएका हुन्।
क्रोनी क्यापिटलिजमका कारण नेपालमा नेताहरु व्यापारी र
व्यापारी नेताजस्ता देखिए, अबका दिनमा
हामीले क्रोनी क्यापिटलिजमको विरुद्धमा एक ठाउँमा उभिएर अघि बढ्न सक्नपर्छ गुरुङले भने।
कानुन मन्त्री समेत रहेका गुरुङले क्रोनी क्यापिटललिजमकै
कारण आर्थिक सुशासन कायम गर्न नसकिएको स्वीकार गर्दै उनले जबसम्म मुलुकमा भ्रष्टाचार रहन्छ तबसम्म भुइमान्छेलाई माथि उठाउन नसकिने र तलका मानिसलाई माथि उठाउन पनि नसकिने बताएका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation