काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। राष्ट्रपति भण्डारीलाई भेट्न सभामुख घिमिरे मंगलबार शितल निवास पुगेका थिए।
राष्ट्रपति कार्यालय शितल निवासमा भएको भेटमा सभामुख घिमिरेले अन्तर व्यवस्थापिका संघ (आईपीयु) बैठकबारे जानकारी गराएको सभामुखको सचिवालयले जनाएको छ।
आईपीयुको १४६ औं बैठकका लागि ९ सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख घिमिरे आगामी फागुन २६ गते बहराइन प्रस्थान गर्ने कार्यक्रम छ। आईपीयु बैठक फागुन २७ देखि चैत १ गतेसम्म बहराइनको मनामा सहरमा हुँदैछ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation