८ कार्तिक २०८३, शनिबार

राष्ट्रपति पौडेल पशुपतिमा पूजा गर्न जाँदै

  • २६ फागुन २०७९, शुक्रबार
Image

काठमाडौं- नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज पशुपतिनाथ मन्दिर दर्शन गर्न जाने भएका छन्। उनी आज बिहान ९ बजे पशुपति जाने कार्यक्रम छ। त्यहाँ उनले पूजापाठ गरेर प्रसाद ग्रहण गर्ने छन्।

राष्ट्रपति पौडेल पशुपति मन्दिर जाने भएपछि त्यहाँ बिहानैदेखि आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको गौशाला प्रहरीले जनाएको छ।

पशुपति दर्शनपछि राष्ट्रपति पौडेल आज सुन्दरीजल जाने कार्यक्रम छ। सुन्दरीजलस्थित बीपीको शालिकमा माल्यार्पण गर्ने र संग्रहालय अवलोकन गर्ने कार्यक्रम रहेको पौडेलको सचिवालयले जनाएको छ।

त्यसअघि बिहान ८ बजे पौडेलले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ।

पौडेल बिहीबार गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भएका थिए। राष्ट्रपति निर्वाचित भएलगत्तै उनले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुको निवासमै पुगेर भेटवार्ता गर्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर