८ कार्तिक २०८३, शनिबार

चाँगुनारायण-८ मा बाटो निर्माण हुने

  • २८ फागुन २०७९, आइतबार
Image

काठमाडौं- चाँगुनारायण नगरपालिका वडा नम्बर ८ मा बाटो निर्माण हुने भएको छ। वडा नम्बर ८ ले एक सूचना जारी गर्दै च्यानेपाखादेखि कुइकेल पाखासम्म बाटो निर्माण गर्न लागिएको जनाएको छ।

बाटो निर्माणका लागि रेखाङ्कन गर्नुपर्ने भएकाले उपभोक्ता, जग्गाधनी तथा सरोकारवालाहरुलाई आगामी चैत ३ गते बिहान ८ बजे उपस्थित भइदिन आग्रह गरिएको वडाध्यक्ष जनक खत्रीले जानकारी दिए।

बाटो निर्माण कार्यमा सहजता प्रदान गर्न सम्बन्धित सबैमा नगरपालिकाले अनुरोध समेत गरेको छ। 


प्रतिक्रिया

सम्बन्धित खवर