काठमाडौं- काठमाडौं
महानगरले न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि धरहराको भूमिगत पार्किङ खोलेको
थियो । तर भूमिगत पार्किङमा मानवीय क्षतिको जोखिम लगायतको सुरक्षाको प्रश्न उठेपछि
महानगरले आगो निभाउने उपकरणहरू जडान गरेको छ।
महानगरपालिकाले
सुन्धारास्थित धरहराको भूमिगत पार्किङमा आगो निभाउने यन्त्रहरू (फायर
एक्सटिंग्विसर) जडान गरेको हो। निर्माणाधिन धरहराको भूमिगत पार्किङमा अहिले
दैनिक करिब एक हजार दुई पाङ्ग्रे सवारी साधन निःशुल्क पार्किङ भइरहेका छन्।
निःशुल्क पार्किङ दिएको पहिलो तल्लामा ५ वटा सिलिन्डर सहित
आगो निभाउने उपकरणहरू जडान गरिएको महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका छन् ।
माघ ९ देखि न्युरोडमा पार्किङ निषेध गरेर पुरानो
बसपार्कमा निर्माण भइरहेको काठमाडौं टावरको बहुतले पार्किङको विकल्प दिइएको भएता पनि , न्युरोडका व्यवसायी आन्दोलित भएपछि महानगरले १४
माघदेखि निर्माण कम्पनी जीआईईटीसी–रमन जेभीलाई अनुरोध गरेर धरहराको भूमिगत
पार्किङको ३ तल्लामध्ये एक तलामा पार्किङ खुलाएको थियो ।
पार्किङ स्थलमा बत्ती र धुलोको समस्या छ । जसका कारण
धरहरामा पार्किङ गर्न पुगेका सवारी धनीहरूले पार्किङ स्थलमा बत्तीको व्यवस्था
तत्काल गर्न र धुलो उड्ने समस्या समाधान गर्न महानगरसँग अनुरोध गरेका थिए ।
हामीले अग्नि नियन्त्रण उपकरण जडान मात्रै नभएर धुलोको
समस्या समाधान गर्न सरसफाइ कर्मचारी मार्फत काम पनि गरिरहेका छौं । पहिलो तल्लामा
भेन्टिलेसन पनि चालु छ । ५ जना नगर प्रहरी सुरक्षाका लागि खटिएका पाण्डेले बताए ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation