९ कार्तिक २०८३, आइतबार

नेपाल प्रहरीका ४ डिआइजी एआइजीमा बढुवा सिफारिस

  • १३ चैत २०७९, सोमबार
Image

काठमाडौं- गृह मन्त्रालयले ४ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरेको छ।

सोमबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजीहरु क्रमशः सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेक बहादुर तामाङलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो।

प्रहरी महानिरीक्षक सदस्य सचिव हुने बढुवा समितिमा अध्यक्ष गृह सचिव र सदस्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सदस्य हुन्छन्। धिरज प्रताप सिंहले महानिरीक्षकबाट अवकाश पाएसँगै उनका ब्याचीहरुले अवकाश पाएका थिए। खाली रहेको चार एआइजी पदमा सोमबार बढुवा सिफारिस गरेको हो।


प्रतिक्रिया

सम्बन्धित खवर