८ कार्तिक २०८३, शनिबार

तनहुँ १ बाट कांग्रेसका गोविन्द भट्टराईको मनोनयन दर्ता

  • २० चैत २०७९, सोमबार
Image

काठमाडौं- नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले तनहुँ–१ को उपनिर्वाचनका लागि मनोनयन दर्ता गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्रमा उनी सत्ता गठबन्धनका साझा उम्मेवार हुन्।

उनलाई माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको सर्मथन रहेको छ। उनको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ छन्। यसअघि सो क्षेत्रबाट नेकपा (एमाले) का सर्वेन्द्र खनालले मनोनयन दर्ता गराइसकेका छन्।

कांग्रेस वरिष्ठ नेता पौडेल राष्ट्रपति भएपछि तनहुँ १ मा सांसद पद खाली भएको हो। कांग्रेस उम्मेदवारलाई सहयोग गर्न नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पनि तनहुँ पुगेका छन्। सो क्षेत्रमा वैशाख १० गते निर्वाचन हुँदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर