काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद् ढाकाकुमार श्रेष्ठले २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ।
समानुपातिक सांसद श्रेष्ठले स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्न पार्टीलाई २ करोड बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग गरेको कुराकानीको अडियो सार्वजनिक भएको हो।
अडियोमा उनले मन्त्री बन्न पार्टी सभापति रवि लामिछानेका मान्छेलाई उक्त पैसा बुझाउनुपर्ने उल्लेख गरेका छन्। उक्त रकम आफूले पाएर स्वास्थ्यमन्त्री भएपछि व्यवसायी प्रसाईंका पक्षमा काम गर्ने बताएका छन्।
अडिओ बाहिरिएपछि रास्वपाले सांसद श्रेष्ठलाई निलम्बन गरेको छ। रास्वपाका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले श्रेष्ठलाई कारबाही गरिएको पुष्टि गरे। सांसद श्रेष्ठले प्रसाईंसँग २ करोड पैसा मागेको अडिओ आइतबार बिहान सार्वजनिक भएको थियो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation