काठमाडौं- सरकारले काठमाडौं तराई फास्टट्रयाकको खोकना जग्गाको सम्बन्धमा समस्या समाधान गर्ने समिति गठन गर्ने निर्णय गरेको छ। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको हो।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि रहेको समस्या समाधानका लागि खड्काको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले बताइन्।
उक्त समितिलाई तीन महिनाको अवधि दिइएको शर्माले जानकारी दिइन्।मन्त्री शर्माका अनुसार समितिले सरोकारवालासँग छलफल गरेर द्रुतमार्ग निर्माणलाई तिव्रता दिन सहजीकरण गर्दै द्रुत मार्ग निर्माण अघि बढाउनेछ। खोकनावासीले द्रुतमार्गमा अवरोध गर्दै आएका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation