काठमाडौं- बारा क्षेत्र नम्बर २ मा जनमत पार्टीका उमेदवार शिवचन्द्र कुशवाहाले फेरि मतान्तर घटाएका छन्। पछिल्लो विवरणअनुसार ५० हजार १६१ मतगणना हुँदा उपेन्द्र यादवले २०,४६३ मत पाएका छन्।
उनीभन्दा दुईहजार ६६५ ले पछाडि रहेका जनमतका कुशवाहाले १७,७९८ मत पाएका छन्। यसअघि उनी तीनहजार ४१ मतले पछाडि थिए। त्यसअघि मत परिणाम सार्वजनिक हुँदा उनी तीन हजार ३५० ले पछाडि थिए।
मंगलबार दिउँसो त उनीहरूको मतान्तर पाँच हजारसम्म पुगेको थियो। नेकपा (एमाले)का पुरुषोतम पौडेलले ६,१२१ मत पाउँदा रास्वपाका रमेश खरेलले २,४६६ मत पाएका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation