८ कार्तिक २०८३, शनिबार

टोपबहादुर रायमाझी एमालेबाट निलम्बित

  • २७ वैशाख २०८०, बुधबार
Image

काठमाडौं- नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै नेपाली नागरिकबाट रकम उठाएर भएको ठगी प्रकरणमा संलग्न भएका भनिएका टोपबहादुर रायमाझीलाई नेकपा एमालेले निलम्बन गरेको छ।

एमाले महासचिव शंकर पोखरेलले वक्तव्य जारी गर्दै रायमाझीलाई निलम्बन गरिएको बताएका छन्। पोखरेलद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई यससम्बन्धी अनुसन्धान र कानुनी कारबाहीको प्रक्रियाको अन्तिम टुङ्गो नलागेसम्म पदबाट निलम्बन गरिएको जानकारी गराइन्छ।’ 

रायमाझीविरुद्ध गत बुधबार नै पक्राउ पूर्जी जारी भएको थियो। पक्राउ पूर्जी जारी भएको दिन अर्घाखाँचीमा भएका रायमाझी त्यसपछि भने सम्पर्कविहीन भएका थिए। प्रहरीले नक्कली भुटानी शरणार्थीको प्रकरणमा रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ। उनीमाथि अहिले अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ। 


प्रतिक्रिया

सम्बन्धित खवर