९ कार्तिक २०८३, आइतबार

ललितपुरको गोदावरीमा मतगणना : मेयरमा एमाले र उपमेयरमा काँग्रेसको अग्रता

  • २ जेठ २०७९, सोमबार
Image

ललितपुर ।  ललितपुरको गोदावरी नगरपालिकामा अहिले मतगणना जारी रहेको छ । अहिलेसम्म नगरपालिकाका १,२,३, ४,५,६,७, ८ नम्बर वडाको मतगणना सम्पन्न भैसकेको छ । जसमा नेपाली काँग्रेसबाट मेयरका उम्मेदवारले ७ हजार ७ सय मत प्राप्त गरेका छन् भने सोही पार्टीका उपमेयरका उम्मेदवारले ८ हजार २१ मत प्राप्त गरेका छन् ।

त्यस्तै एमाले मेयरका उम्मेदवारले ७ हजार ८०२ मत प्राप्त गरेका छन् भने सोही पार्टीका उपमेयरका उम्मेदवारले ७ हजार ११९ मत प्राप्त गरेका छन् । पछिल्लो मत परिणाम अनुसार एमालेका मेयरका उम्मेदवारले अग्रता लिइरहेका छन् भने उपमेयरमा काँग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।  अहिले मतगणना जारी छ । 

प्रतिक्रिया

सम्बन्धित खवर