९ कार्तिक २०८३, आइतबार

सांसद विकास कोषका लागि प्रतिसांसद ५ करोड बजेट विनियोजन

  • १५ जेठ २०८०, सोमबार
Image

काठमाडौं- सरकारले संसदीय क्षेत्र निर्वाचन कार्यक्रमका लागि ५ करोड रकम विनियोजन गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार सार्वजनिक गरेको बजेट अनुसार १६५ निर्वाचन क्षेत्रका सांसदका लागि ५ करोड रकम विनियोजन गरेको बताए। जनप्रतिनिधिले सो पाँच करोड रकम विकास निर्माण, भौतिक पूर्वाधार निर्माणमा खर्च गर्नेगरी प्रस्ताव गरेको उनले बताए।

‘संसदीय क्षेत्र निर्वाचन कार्यक्रमका लागि ५ करोड रुपैयाँ विनियोजन गर्ने प्रस्ताव गरेको छ,’ उनले भने, यी सबैका लागि ८ अर्व २५ करोड विनियोजन गरेको छु।’

निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि विनियोजन गरिएको रकम खारेज गर्न माग हुँदै आएको थियो। सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि कूल बजेट १७ खर्ब ५१ अर्ब बजेट विनियोजना गरेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर